
कोविड-१९ संक्रमित भएको घरको फोहर व्यवस्थापन
घरबाट निस्किने फोहरलाई सकेसम्म कुहिने र नकुहिने फोहरमा छुट्याउने ।

सकेसम्म कुहिने खालको फोहरलाई कम्पोस्ट गर्ने । कम्पोस्ट गर्न सम्भव नभए कुहिने फोहोरलाई फाल्नु परे, फोहरको पानी वा झोल राम्ररी निचोरेर प्लास्टिकको झोलाभित्र राख्ने र प्लास्टिकको झोला लाई राम्ररी बन्द गर्ने ।
कम्पोस्ट गर्न सम्भव नभए कुहिने फोहोरलाई फाल्नु परे, फोहरको पानी वा झोल राम्ररी निचोरेर प्लास्टिकको झोलाभित्र राख्ने र प्लास्टिकको झोला लाई राम्ररी बन्द गर्ने ।

नकुहिने खालको फोहोर तथा प्रदुषित फोहोर (जस्तै – नाकको सिंगान पुछ्न प्रयोग गरेको टिस्यु पेपर, कागज, मास्क आदि) प्रयोग गर्ने बित्तिकै ढक्कन भएको डस्टबिनमा फाल्ने।

नगरपालिकाको फोहर टिप्न आउनु अघि ढक्कन भित्रको फोहर वा अन्य घर भित्रको फोहर लाई राम्ररी कस्सेर बन्द गर्न मिल्ने प्लास्टिकको झोला भित्र राख्ने ।

- प्लास्टिकको झोलाबाट बाहिर फोहर वा अन्य कुनै झोल/पानी निस्किन नदिने ।
- एउटा प्लास्टिकले नपुगे माथि बाट अर्कोप्लास्टिक झोलाको तह थप्ने र बेस्सरी कसेर बन्द गर्ने ।

जनस्वास्थ्यविज्ञहरुको थप सल्लाह अनुसार, फोहरको पोकालाई सामान्य फोहर भए
०.०५% Sodium Hypochlorite
र रगत, खकार लागेको भए
0.५% Sodium Hypochlorite
भएको डिस्इन्फेक्टेन्ट छर्केर सफा गर्न सकिन्छ ।
फोहरको पोका निर्मलिकरण गरेको ७२ घण्टा पछि नगरपालिकाको फोहर टिप्न आउने बेला फाल्न सकिन्छ ।
कोविड -१९को घरेलु फोहर व्यवस्थापन गर्दा विशेष ध्यान पुर्याउनु पर्ने भएको हुँदा
सकेसम्म पुन: रुपमा घरमै साबुन पानी, डिटरजेन्टले सफा गर्न मिल्ने सामान प्रयोग गर्ने ।
धेरै प्लास्टिकको अनावश्यक रुपमा प्रयोग नगर्ने ।
