
कोविड-१९ संक्रमित भएको घरको सरसफाई
कोविड-१९ संक्रमितको हेरविचार गर्ने व्यक्तिले फोहर व्यवस्थापन, सरसफाई, लुगा धुने आदि गर्नुपरे, आफ्नो शरीर पुरै ढाक्ने गाउनजस्तो लुगा लगाउने, पन्जा, मास्क, फेस-शिल्ड र बूट लगाउने ।

कोविड -१९ संक्रमित व्यक्तिले चालाएको कुनै सामान छोएपछि राम्ररी साबुन पानीले हात धुने र फोहर व्यवस्थापन वा सरसफाई गरेपछि साबुनपानीले राम्ररी नुहाउने र सफा कपडा फेर्ने ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार, कोविड -१९ संक्रमित व्यक्ति बस्ने कोठा नियमित दैनिक रुपमा डिसइन्फेक्टेन्टले सफा गर्ने । कम्तिमा दुई पटक भुइँ सफा गर्ने ।

सबै सामानको लागि एउटै डिस्इन्फेक्टेन्ट उत्तिकै मात्रामा प्रभावकारी नहुन पनि सक्छ । त्यहि भएर डिस्इन्फेक्टेन्ट प्रयोग गर्नु अघि एक पटक डिटरजेन्ट मिसाएको पानीले भुइँ वा सामानहरु पुछ्नु उचित हुन्छ।

कोविड -१९ संक्रमित व्यक्तिले प्रयोग गरेको तन्ना, सिरकको खोल, तकियाको खोल, ओढ्ने आदि र लगाएको लुगा कपडा धुन वाशिंग मेशिन भए ६० देखि ९० डिग्री सेल्सिअस को तातो पानीमा डिटरजेन्टले धुने ।

वाशिंग मेशिनमा धुन सम्भव नभएमा डिटरजेन्ट मिसाएको तातो पानीमा ३० मिनट जति भिजाउने, र ०.०५% Sodium Hypochlorite मा ३० मिनट भिजाउने । त्यस पछि सफा पानीमा राम्ररी पखाल्ने र घाममा राम्ररी सुकाउने ।
